जकरिया 9:10 - नेपाली नयाँ संशोधित संस्करण10 म एफ्राइमबाट रथहरू र यरूशलेमबाट जङ्गीघोड़ाहरू लैजानेछु, र लड़ाइँको धनु भाँचिनेछ। उहाँले जाति-जातिहरूलाई शान्तिको घोषणा गर्नुहुनेछ। उहाँको राज्य समुद्रदेखि समुद्रसम्मै र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्मै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु भन्नुहुन्छ, “एफ्राइमबाट म लडाइँका रथहरू हटाउनेछु र यरूशलेमबाट जङ्गी घोडाहरू लैजानेछु, लडाइँका धनुहरू भाँचिदिनेछु। तेरा राजाले जाति-जातिका बीच मेल-मिलाप ल्याउनेछ, त्यसको राज्य समुद्रदेखि समुद्रसम्म, अँ, यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्मै फैलिनेछ।” Viz kapitolaपवित्र बाइबल10 राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू नष्ट पारें अनि यरूशलेममा घोडसवारहरू ध्वंश पारें। मैले युद्धमा प्रयोग गरेको धनुहरू नष्ट पारें।” उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ। त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ। उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म एफ्राइमबाट लडाइँका रथहरू र यरूशलेमबाट युद्धका घोडाहरू नष्ट गर्नेछु; अनि युद्धको धनु भाँचिनेछ। उहाँले राष्ट्रहरूलाई शान्ति घोषणा गर्नुहुनेछ। उहाँको राज्य शासन एउटा समुद्रदेखि अर्को समुद्रसम्म र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म नै फैलिनेछ। Viz kapitola |