Online Bible

- Reklamy -




जकरिया 4:7 - नेपाली नयाँ संशोधित संस्करण

7 “ए शक्तिशाली पर्वत, तँ के होस्‌ र? यरुबाबेलको सामुन्‍ने तँ मैदान हुनेछस्‌। अनि उहाँले शिर-ढुङ्गालाई ‘परमेश्‍वरले यसलाई आशिष्‌ देऊन्!’ भन्‍ने जयजयकारका साथ निकाल्‍नु हुनेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 पहाडहरूजस्‍ता ठूल्‍ठूला बाधा-विघ्‍नहरू के हुन् र? तेरा अघि ती समतल हुनेछन्। तैँले मन्‍दिर नयाँ गरी बनाउनेछस् अनि त्‍यसको अन्‍तिम शिरको ढुङ्गो राखेर जब त्‍यो बनाइसक्‍छस्, तब मानिसहरू यसो भन्‍दै कराउनेछन्, ‘कति सुन्‍दर! आहा कति सुन्‍दर’!”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरू चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “ए शक्तिशाली पर्वत, तँ के होस्? यरुबाबेलको सामु तँ समतल भूमि हुनेछस्! तब त्यसले अन्तिम शिर ढुङ्गालाई निकालेर ल्याउँदा मानिसहरूले चिच्याउनेछन्, ‘परमेश्‍वरले यसलाई आशिष् देऊन्! परमेश्‍वरले यसलाई आशिष् देऊन्!’ ”

Viz kapitola kopírovat




जकरिया 4:7

Následuj nás:

Reklamy


Reklamy