Online Bible

- Reklamy -




जकरिया 4:10 - नेपाली नयाँ संशोधित संस्करण

10 “साना कुराहरूको दिनलाई कसले तुच्‍छ ठान्‍छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍दा मानिसहरू रमाउनेछन्‌। (“यी सात वटा बत्तीचाहिँ परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्‍वीमा यताउता हेरिरहन्‍छन्‌।”)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 काम अलि-अलि मात्र भएको देखेर तिनीहरू खुसी छैनन्। तर यरुबाबेलले लगातार मन्‍दिर बनाउन थालेपछि तिनीहरू खुसी हुनेछन्।” स्‍वर्गदूतले मलाई भने, “ती पानसका सात वटा दियाहरू परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्‍वीलाई हेरिरहन्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 मानिसहरू त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरू साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरू यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरू जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरू हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरू देख्नुहुन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “सानो सुरुवातका दिनहरूलाई कसले तुच्छ ठान्‍न सक्छ? जबकि यी सात वटा याहवेहका आँखाहरू हुन्, जसले पृथ्वीभरि चारैतिर हेरिरहन्छन्; अनि यरुबाबेलका हातमा नाप्‍ने फित्ता देखेर मानिसहरू रमाउनेछन्।”

Viz kapitola kopírovat




जकरिया 4:10

Následuj nás:

Reklamy


Reklamy