जकरिया 10:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिनीहरू साथसाथै लड़ाइँमा आफ्ना शत्रुहरूलाई गल्लीको हिलोमा कुल्चीमिल्ची गर्ने शक्तिशाली मानिसझैँ हुनेछन्, किनभने परमप्रभु तिनीहरूसँग हुनुहुनेछ, तिनीहरूले लड़ाइँ गर्नेछन्, र घोड़ामा सवार हुनेहरूलाई पराजय गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यहूदाका मानिसहरू विजयी हुनेछन् र बाटोको हिलोमा आफ्ना शत्रुहरूलाई कुल्चने सेनाझैँ बन्नेछन्। तिनीहरूले लडाइँ गर्नेछन् किनभने परमप्रभु तिनीहरूसित हुनुहुन्छ र तिनीहरूले घोडचढी शत्रुहरूलाई पनि हराउनेछन्। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले आफ्नो शत्रुलाई हराउनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ तिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्। तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ; अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्। Viz kapitola |