जकरिया 1:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू आफ्ना पिता-पुर्खाहरूजस्ता नहोओ, जसलाई अघिका अगमवक्ताहरूले यसो भनेर घोषणा गरे: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरू अब आफ्ना दुष्ट चाल र आफ्ना दुष्ट व्यवहारदेखि फर्क’। तर तिनीहरूले सुनेनन् न त मतिर ध्यान नै दिए, परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरू आफ्ना पिता पुर्खाहरूजस्ता नहोओ। धेरै समयअघि नै अगमवक्ताहरूले तिनीहरूलाई दुष्ट चालचलन र दुष्कर्म छोड्न मेरो सन्देश तिनीहरूलाई दिएका थिए। तर तिनीहरूले मेरा कुरा सुनेनन् र मेरा आज्ञा मानेनन्। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाहरू जस्तो नबन बितेका समयमा अगमवक्ताहरू तिनीहरूसित कुरा गर्थे। तिनीहरूले भने, ‘तिमीहरूले आफ्नो नराम्रो कु-कर्महरू छोडिदेऊ।’ तर तिमीहरूका पुर्खाहरूले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूका दुष्ट चालहरूबाट र तिमीहरूका दुष्ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |