Online Bible

- Reklamy -




रूथको पुस्तक 4:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यी मेरा जातिका धर्म-गुरुहरूका समक्षमा तपाईंले त्‍यो लिनुहोस्‌ भनी तपाईंसित यो कुरा उठाउने मैले विचार गरेको छु। नजिकको नातेदारको कर्तव्‍य तपाईं गर्नुहुन्‍छ भने गर्नुहोस्, तर गर्नुहुन्‍न भने मलाई भन्‍नुहोस्, र मलाई थाहा लाग्‍नेछ। किनभने तपाईंपछिको नजिकको नातेदार म हुँ।” तिनले भने, “नजिकको नातेदारको काम म गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मेरो विचारमा यो कुरा तिमीले जान्‍नु उचित छ। त्‍यो खेतबारी तिमी किन्‍न चाहन्‍छौ भने यी यहाँ बसेका मानिसहरूका सामु त्‍यो किनिहाल; तर तिमी त्‍यो खेतबारी किन्‍न चाहँदैनौ भने सो भनिदेऊ, कारण त्‍यो जमिन किन्‍ने पहिलो हकदार तिमी हौ, त्‍यसपछि म।” ती मानिसले भने, “खेतबारी म किन्‍नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरें। यदि तिमी त्यो भूमिलाई फर्काउन चाहन्छौ भने तिमी त्यो फर्काउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहँदैनौ भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हुँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहँदैनौ भने म किन्ने छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यहाँ बसेकाहरू र हाम्रा मानिसका प्रधानहरूका उपस्थितिमा यो विषयलाई तपाईंहरूको ध्यानमा ल्याई त्यो जमिन किन्‍ने सल्‍लाह दिनुपर्छ भन्‍ने मैले विचार गरेको छु। यदि तपाईं त्यो किन्‍न चाहनुहुन्छ भने किन्‍नुहोस्। तर यदि किन्‍न चाहनुहुन्‍न भने मलाई भन्‍नुहोस्; ताकि म जान्‍न पाऊँ। किनकि यो अधिकार तपाईंबाहेक अरू कसैको छैन। अनि मचाहिँ तपाईंपछिको दोस्रो नातेदार हुँ।” “तिनले भने, म किन्‍नेछु।”

Viz kapitola kopírovat




रूथको पुस्तक 4:4

Následuj nás:

Reklamy


Reklamy