रूथको पुस्तक 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिनले सोधे, “तिमी को हौ?” रूथले भनिन्, “म तपाईंकी दासी रूथ हुँ। अब तपाईंको लुगा आफ्नी दासीलाई ओढ़ाइदिनुहोस्, किनभने तपाईं मेरा नजिकका छुटकारा दिने नातेदार हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “तिमी को हौ”? उनले सोधे। उनले भनिन्, “म रूथ हुँ, हजुर। तपाईं हाम्रा नजिकका आफ्ना मानिस हुनुहुन्छ। मेरो हेरचाह गर्ने जिम्मावारी तपाईंलाई छ। कृपा गरी मलाई विवाह गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल9 बोअजले भने, “तिमी को हौ?” तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब उनले “तिमी को हौ?” भनी सोधे। तिनले भनिन्, “म तपाईंकी सेविका रूथ हुँ। तपाईंको लुगाको एक कुना मलाई पनि ओढाइदिनोस्; किनकि तपाईं हाम्रो परिवारको नजिकका मोल तिरेर छुटाउने नातेदार हुनुहुन्छ।” Viz kapitola |