रूथको पुस्तक 2:2 - नेपाली नयाँ संशोधित संस्करण2 मोआबी रूथले नाओमीलाई भनिन्, “के म खेतमा गएर जसले मप्रति निगाह गर्ला त्यसको पछि शिला-बाला खोज्नलाई जाऊँ?” नाओमीले भनिन्, “हुन्छ, मेरी छोरी, जाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 एक दिन रूथले नाओमीलाई भनिन्, “के म खेतबारीमा गएर त्यहाँ काम गर्नेहरूले छोडिराखेका अन्न बटुली ल्याऊँ? कसैले त मलाई काम गर्न देला नि?” नाओमीले भनिन्, “हुन्छ, छोरी त्यसै गर।” Viz kapitolaपवित्र बाइबल2 एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।” नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।” Viz kapitola |