रोमी 13:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 किनभने सरकारदेखि त असल काम गर्नेहरूले होइन तर खराब काम गर्नेहरूले नै डराउनुपर्दछ। के तिमीहरू सरकारदेखि निडर हुन चाहन्छौ? त्यसो भए असल काम गर र तिमीहरूले उनीहरूबाट स्याबासी पाउनेछौ Viz kapitolaपवित्र बाइबल3 ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि शासकहरू उचित काम गर्नेका निम्ति होइन, तर अनुचित काम गर्नेका निम्ति डरका कारण हुन्। अधिकारीको डरबाट तिमी स्वतन्त्र हुन चाहन्छौ? त्यसो भए उचित काम गर, र तिम्रो अधिकारीहरूबाट प्रशंसा पाउनेछौ। Viz kapitola |