रोमी 11:2 - नेपाली नयाँ संशोधित संस्करण2 परमेश्वरले पहिलेदेखि नै चिन्नुभएका आफ्ना मानिसलाई बहिष्कार गर्नुभएन। के एलियाको विषयमा पवित्र-शास्त्रले भनेको कुरा तिमीहरू जान्दैनौ? उनले इस्राएलको विरुद्धमा परमेश्वरसँग कसरी बिन्ती गर्दछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमेश्वरले सुरुमै चिन्नुभएका यी मानिसहरूलाई त्याग्नुभएको छैन। धर्मशास्त्रले अगमवक्ता एलियाको बारेमा बताएको कुरा त तिमीहरूलाई थाहै छ। एलियाले इस्राएलीहरूको विरोधमा यसरी परमेश्वरलाई भनेका थिए, Viz kapitolaपवित्र बाइबल2 तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 परमेश्वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्वरसँग बिन्ती गरेका थिए: Viz kapitola |