रोमी 1:13 - नेपाली नयाँ संशोधित संस्करण13 भाइ हो, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु, कि म तिमीहरूका र बाँकी अन्यजातिहरूका बीचमा पनि केही फल बटुल्न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्ट इच्छा गरें। तर म अहिलेसम्म रोकिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 प्यारा दाजुभाइहरू, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु: धेरै पल्ट मैले तिमीहरूलाई भेट्ने विचार गरें तर कुनै न कुनै कारणले गर्दा सकिनँ। म अरू ठाउँका मानिसहरूबाट झैँ तिमीहरूबाट पनि परमेश्वरको असल भक्ति भएको देख्न चाहन्छु Viz kapitolaपवित्र बाइबल13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुर्याउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्ने चाहन्नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरै पल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु। Viz kapitola |