प्रकाश 9:20 - नेपाली नयाँ संशोधित संस्करण20 यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्ना हातका कामबाट अझ पनि पश्चात्ताप गरेनन्। तिनीहरूले भूतहरूलाई र देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्न छोड़ेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यी महामारीबाट बाँच्नेहरूले आफैंले बनाएका कुरादेखि मन फर्काएनन्। तिनीहरूले भूतात्माहरूलाई र सुन, चाँदी, पित्तल, ढुङ्गा र काठका मूर्ति जसले देख्न, सुन्न र चल्न सक्दैनन्, तिनीहरूलाई पुज्न छोडेनन्। Viz kapitolaपवित्र बाइबल20 पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्ट कामहरूबाट अझ पनि पश्चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने, भूतप्रेतहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरू पुज्न छाडेनन्। Viz kapitola |