प्रकाश 8:12 - नेपाली नयाँ संशोधित संस्करण12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ ज्योतिविहीन भयो, त्यसरी नै रातको एक तिहाइ पनि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि चौथो स्वर्गदूतले आफ्नो तुरही फुके अनि घाम, जून र ताराहरूको तीन भागको एक भागमाथि प्रहार पर्यो र तिनीहरूको एक तिहाइ ज्योति हरायो। यसरी दिन र रातको एक तिहाइ भाग अँध्यारो रहन्थ्यो। Viz kapitolaपवित्र बाइबल12 चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरूमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, तब सूर्यको एक तिहाइ भागमाथि र चन्द्रमाको एक तिहाइ भागमाथि अनि ताराहरूको एक तिहाइ भागमाथि प्रहार भयो; जसद्वारा तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो। दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भाग पनि ज्योतिविहीन भयो। Viz kapitola |