प्रकाश 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 सिंहासनको अगि स्फटिकतुल्य काँचको समुद्रजस्तो थियो। अगाडि र पछाडि जम्मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सिंहासनको अगाडि सिसाजस्ता छर्लङ्गै देखिने समुद्र थियो। आँखै-आँखा भएका चारवटा जीवित प्राणीहरूले सिंहासनको अगाडि र पछाडि र वरिपरि घेरेका थिए। Viz kapitolaपवित्र बाइबल6 सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो। सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरूका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सिंहासनको अगाडि स्फटिकझैँ पारदर्शी काँचको समुद्रजस्तो थियो। सिंहासनको बीचमा चारैतिर चार वटा जीवित प्राणीहरू थिए, र तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए। Viz kapitola |