प्रकाश 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 यसकारण तिमीले जे पायौ र सुन्यौ, सो सम्झ, त्यसलाई कायम राख र पश्चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जे तिमीले सुनेका र सिकेका छौ, तिनको सम्झना गर। ती मान र तिम्रा पापबाट मन फर्काओ। तिमीहरू जागेनौ भने म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म आउने तिमीहरूलाई थाहा हुनेछैन। Viz kapitolaपवित्र बाइबल3 यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यूँझ र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण तिमीले जे पाएका र सुनेका छौ, त्यो स्मरण गर; त्यसलाई पालन गर र पश्चात्ताप गर। तर तिमी जागेनौ भने म चोरझैँ आउनेछु, र म तिमीकहाँ कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। Viz kapitola |