प्रकाश 3:18 - नेपाली नयाँ संशोधित संस्करण18 यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर म तिमीलाई यस्तो सल्लाह दिन्छु, सधैँ धनी हुनलाई मबाट शुद्ध सुन किन। तिम्रो नाङ्गोपनको लाज ढाक्नलाई सेतो लुगा किनेर लगाऊ, आँखा देख्नलाई मबाट मलम किनेर लगाओ। Viz kapitolaपवित्र बाइबल18 म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 म तिमीलाई सल्लाह दिन्छु, मबाट आगोमा खारेको सुन किन; अनि धनी बन, र आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लगाउने गाजल किन, ताकि तिमीले देख्न सक। Viz kapitola |