प्रकाश 3:17 - नेपाली नयाँ संशोधित संस्करण17 “म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 म धनी छु र मलाई केही कुराको कमी छैन भनेर तिमी भन्छौ र तिमी कति दु:खी र दयालाग्दो कङ्गाल, अन्धा र नाङ्गा छौ भन्ने तिमीलाई थाहा छैन। Viz kapitolaपवित्र बाइबल17 तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धनसम्पत्ति कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्टिविहीन र नाङ्गा छौ। Viz kapitola |