प्रकाश 2:13 - नेपाली नयाँ संशोधित संस्करण13 मलाई थाहा छ, तिमी कहाँ बस्छौ, त्यहीँ जहाँ शैतानको सिंहासन छ। तरै पनि तिमीहरू मेरो नाउँमा स्थिर बस्छौ। मेरो विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि ममाथिको आफ्नो विश्वास तिमीहरूले त्यागेनौ। शैतान बस्ने ठाउँमा तिमीहरूकै माझमा तिनी मारिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरू शैतानको सिंहासन भएको ठाउँमा बास बस्छौ भन्ने कुरा मलाई थाहा छ। तिमीहरू मप्रति भक्त रहेका छौ र ममाथि विश्वास गर्न छोडेका छैनौ भन्ने म जान्दछु। मेरो विश्वासी साक्षी एन्टिपासलाई शैतानको वासस्थानमा मारिएको बेलामा पनि तिमीहरूले विश्वास छोडेनौ। Viz kapitolaपवित्र बाइबल13 “मलाई थाहा छ तिमीहरू कहाँ बस्छौ। तिमीहरू त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरू म प्रति विश्वासी छौ। तिमीहरूले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरूको नगरमा मारियो। तिमीहरूको नगर त्याही हो जहाँ शैतान बस्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 म जान्दछु तिमी कहाँ बस्छौ, त्यहीँ नै जहाँ शैतानको आफ्नो सिंहासन छ। तरै पनि तिमी मेरो नामको निम्ति विश्वासयोग्य भइरह्यौ। तिमीले म प्रतिको तिम्रो विश्वासलाई, मेरो विश्वासयोग्य साक्षी, एन्टिपासको समयमा पनि त्यागेनौ, जुन शैतान बस्ने तिमीहरूको सहरमा मारिएका थिए। Viz kapitola |