प्रकाश 16:14 - नेपाली नयाँ संशोधित संस्करण14 तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यी अचम्म-अचम्मका चिन्हहरू गर्ने दुष्ट आत्माहरू हुन्। सर्वशक्तिमान् परमेश्वरको ठूलो दिनमा हुने लडाइँको लागि पृथ्वीभरिका राजाहरू जम्मा गराउन यी तीन आत्माहरू ती राजाहरूकहाँ जान्छन्। Viz kapitolaपवित्र बाइबल14 यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूकहाँ जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरू बटुल्न जान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्। Viz kapitola |