प्रकाश 10:1 - नेपाली नयाँ संशोधित संस्करण1 मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्द्रेनी थियो, र तिनको मुहार सूर्यजस्तो र पाउहरू आगोका खामाजस्ता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसपछि मैले अर्को शक्तिशाली स्वर्गदूत स्वर्गबाट ओर्लिरहेको देखें। उनको जिउलाई बादलले ढाकेको थियो र टाउको वरिपरि इन्द्रेणी थियो। उनको अनुहार घामजस्तो थियो र खुट्टाचाहिँ आगोका खम्बाजस्ता थिए। Viz kapitolaपवित्र बाइबल1 तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरू आगोको स्तम्भहरू जस्ता थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब मैले अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनले बादल ओढेका थिए; तिनको शिरमाथि एउटा इन्द्रेणी थियो; अनि तिनको अनुहार सूर्यझैँ र पाउहरू आगोका खम्बाहरूजस्ता थिए। Viz kapitola |