भजनसंग्रह 22:24 - नेपाली नयाँ संशोधित संस्करण24 किनकि उहाँले पीडितको दु:खलाई तुच्छ ठान्नुभएको छैन, न घृणाको दृष्टिले हेर्नुभएको छ। उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनुभएको छैन, तर त्यसले सहायताको निम्ति पुकारा गर्दा उहाँले सुन्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उहाँले गरीबहरूलाई तुच्छ ठान्नुहुन्न, तिनीहरूका कष्टलाई घृणा गर्नुहुन्न, तिनीहरूदेखि उहाँले आफ्नो मुख फर्काउनुहुन्न। तर तिनीहरूले मद्दतको निम्ति पुकार्दा उहाँले उत्तर दिनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ। परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न। यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे, उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्नुभएको छ। Viz kapitola |