भजनसंग्रह 17:14 - नेपाली नयाँ संशोधित संस्करण14 हे परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्ता मानिसहरूबाट मलाई बचाउनुहोस्, यी संसारका मानिसहरूबाट जसको पुरस्कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर गर्नुभएकाहरूको भोक शान्त गर्नुहुन्छ। तिनीहरूका छोराहरूका लागि प्रशस्त छन्, आफ्ना बालबच्चाका लागि तिनीहरूले धन-सम्पत्ति थुपारेर राख्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 जीवनमा आफूले चाहेका सम्पूर्ण कुराहरू पाउन सक्ने मानिसहरूदेखि मेरो रक्षा गर्नुहोस्। तिनीहरूको लागि तपाईंले जम्मा पारीराख्नुभएको पीडाले तिनीहरूलाई दण्ड दिनुहोस्। त्यस्तो दण्ड तिनीहरूका सन्तानसम्मलाई पुग्ने गरी होस् र तिनीहरूका नाति-नातिनाको लागि पनि केही उब्रोस्। Viz kapitolaपवित्र बाइबल14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ, संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्। तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्टहरूको पेट भरिएको होस्; तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्, र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्। Viz kapitola |