भजनसंग्रह 127:1 - नेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले घर बनाउनुभएन भने घर बनाउनेहरूको काम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा गर्नुभएन भने पहरादारहरूले पहरा गर्नु व्यर्थ छ। Viz kapitolaपवित्र बाइबल1 यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यदि याहवेहले नै घर बनाउनुभएन भने, बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ। याहवेहले नै सहरको रक्षा गर्नुभएन भने, पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ। Viz kapitola |