Online Bible

- Reklamy -




गन्‍ती 32:29 - नेपाली नयाँ संशोधित संस्करण

29 मोशाले तिनीहरूलाई यसो भने, “गाद र रूबेनका सन्‍तान तिमीहरूका साथमा परमप्रभुको सामु लड़ाइँमा सशस्‍त्र यर्दन पारि गए भने, जब देश तिमीहरूको कब्जामा आउनेछ तब तिमीहरूले गिलाद देश तिनीहरूको अधिकारमा दिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 “यदि गाद र रूबेनका मानिसहरू यर्दन तरेर परमप्रभुको अधीनमा भई लड्‍न तयार हुन्‍छन् र तिनका मद्दतले तिमीहरूले त्‍यो देश जित्‍न सक्‍यौ भने तिनीहरूलाई गिलाद देश दिइहाल्‍नू र त्‍यो तिनीहरूले आफ्‍ना सम्‍पत्ति बनाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका मानिसहरू यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हिंड्दै युद्धमा जानेछन् र तिमीहरूलाई भूमि दखल गर्नु सहायता गर्नेछन्। अनि तिमीहरूले तिनीहरूलाई गिलादको भूमि तिनीहरूकै भाग पार्न दिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मोशाले तिनीहरूलाई भने, “यदि गादीहरू र रूबेनीहरूका हरेक मानिस लडाइँका निम्ति हातहतियार भिरेर याहवेहको सामु तिमीहरूसँग लडाइँ गर्न यर्दनपारि जान्छन् भने, र जब त्यो देश तिमीहरूकै अगि तिमीहरूका अधीनमा आयो भने तिमीहरूले गिलादको मुलुक तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनू।

Viz kapitola kopírovat




गन्‍ती 32:29

Následuj nás:

Reklamy


Reklamy