गन्ती 32:22 - नेपाली नयाँ संशोधित संस्करण22 जब परमप्रभुको सामुन्ने त्यो देश वशमा हुन्छ, तब तिमीहरू फर्कन सक्छौ। अनि परमप्रभु र इस्राएलतर्फ तिमीहरूको कर्तव्यबाट तिमीहरू मुक्त हुनेछौ। तब यो मुलुक परमप्रभुको सामु तिमीहरूको अधिकारमा आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यो देश आफ्नो अधीन नगर्नुभएसम्म तिमीहरू शत्रुहरूमाथि हमला गर्नेछौ। त्यसपछि तिमीहरू फर्की आउन सक्छौ किनभने तिमीहरूले परमप्रभु र आफ्ना इस्राएली दाजुभाइहरूप्रति आफ्नो कर्तव्य पूरा गर्नेछौ। त्यसपछि यर्दनको पूर्वको देश तिमीहरूको हो भनी परमप्रभुले स्वीकार गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल22 तिमीहरू त्यति बेला आफ्नो घर फर्कनु सक्छौ जब परमप्रभुले हामीलाई पूरा भूमि लिन सहायता गर्नु हुन्छ। तब परमप्रभु र इस्राएलका मानिसहरूले तिमीहरूलाई दोषी ठराउदैनन्। परमप्रभुले तिमीहरूलाई तिमीहरूको भूमि ग्रहण गर्न दिनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जब याहवेहको सामु देश अधीनमा आउँछ, तब तिमीहरू फर्कन सक्छौ। अनि याहवेह र इस्राएलसँगको तिमीहरूको दायित्वबाट तिमीहरू स्वतन्त्र हुनेछौ। अनि यो देश याहवेहको सामु तिमीहरूको अधिकारमा हुनेछ। Viz kapitola |