गन्ती 31:30 - नेपाली नयाँ संशोधित संस्करण30 इस्राएलीहरूको आधा हिस्साबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रा वा अरू पशु-प्राणीबाट प्रत्येक पचासमा एउटा लिएर परमप्रभुको पवित्र वासस्थानको जिम्मा लिने लेवीहरूलाई देओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 बाँकी समाजका मानिसहरूलाई दिइएका भागबाट पचास कैदीबाट एक जना लिनू र त्यही हिसाबले गाई-गोरु, गधा, भेडा-बाख्राहरूबाट पनि छुट्ट्याईदिनू। ती सबै परमप्रभुले बास गर्ने पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिनू।” Viz kapitolaपवित्र बाइबल30 प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेंडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 इस्राएलीहरूको आधा भागबाट मानिसहरू, गाईबस्तु, गधा, भेडा, बाख्रा अथवा अरू सबै पशुहरू, त्यसको प्रत्येक पचासबाट एउटा गरेर अलग गर्नू। ती अलग गरिएका कुराहरू याहवेहको समागम पालको रेख-देखको जिम्मामा रहेका लेवीहरूलाई दिनू।” Viz kapitola |