गन्ती 21:13 - नेपाली नयाँ संशोधित संस्करण13 त्यहाँबाट तिनीहरू यात्रा गरेर एमोरीहरूको सिमानाबाट निस्कने उजाड़-स्थानमा भएको अर्नोन खोलाको पारिपट्टि पाल टाँगे। अर्नोन खोला मोआबको सिमाना हो, जो मोआबी र एमोरीहरूका बीचमा पर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यहाँबाट फेरि हिँडेर तिनीहरूले अर्नोन नदीको उत्तरतिर, जो एमोरीहरूको देशसम्म फैलिएर गएको उजाड-स्थानभित्र पर्छ, त्यहाँ छाउनी लाएर बसे। अर्नोन नदी मोआबी र एमोरीहरूका बीचका सीमानामा पर्थ्यो। Viz kapitolaपवित्र बाइबल13 त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरुभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरू त्यहाँबाट पनि हिँडे। अनि एमोरीहरूको प्रान्तसम्म फैलिएको उजाडस्थानस्थित अर्नोनको किनारमा छाउनी हाले। अर्नोनचाहिँ मोआब र एमोरीहरूको बीचमा मोआबको सिमानामा पर्दछ। Viz kapitola |