गन्ती 18:15 - नेपाली नयाँ संशोधित संस्करण15 मानिस वा पशुबाट परमप्रभुलाई चढ़ाइएको पहिले जन्मेको हरेक नवजात बच्चाहरू तेरै होस्। यसो भए तापनि मानिस र अशुद्ध पशुको पहिले जन्मेकालाई तैंले मोल तिरेर छुटाउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “पहिला जन्मने हरेक बालक वा पशु, जो इस्राएलीहरूले मलाई चढाउँछन्। त्यो तिमीहरूकै होस्। तर प्रत्येक पहिला जन्मेका बालक वा रीतिअनुसार अशुद्ध पशु मोल लिएर तैँले छुटाउन दिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल15 “प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस् अथवा मानिस त्यसको तिमीले मोल तिर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मानिसको होस् वा पशुको, हरेक गर्भको पहिलो फल, जो याहवेहलाई चढाइन्छ, त्यो तेरै हो। तर तैँले प्रत्येक पहिले जन्मेको छोरा र अशुद्ध पशुहरूका पहिले जन्मेको प्रत्येक सन्तानलाई मूल्य चुकाएर छुटाउनुपर्छ। Viz kapitola |