गन्ती 18:11 - नेपाली नयाँ संशोधित संस्करण11 “यो पनि तेरै होस्: इस्राएलीहरूका डोलाउने बलिका लागि छुट्ट्याइएका सबै दानहरू मैले तँ र तेरा छोराछोरीहरूलाई निरन्तरको अंश स्वरूप दिएको छु। तेरो घरमा शुद्ध भएको हरेकले त्यो खान सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “त्यसमाथि इस्राएलीहरूले मलाई चढाएका अरू कुनै विशेष भेटीहरू तेरै हुन्छन्। ती सदाकालको निम्ति तँ र तेरा छोरा-छोरीहरूलाई म दिन्छु। तेरा परिवारको हरेक सदस्य जो विधिअनुसार शुद्ध छ, त्यसले ती कुरा खान सक्नेछ। Viz kapitolaपवित्र बाइबल11 “यो पनि तिम्रै हुनेछ कुनै पनि विशेष उपहार इस्राएलका मानिसहरूले मलाई चढाउँछन्, तिमीसित भएका तिम्रा छोरा-छोरीहरू र तिम्रो निम्ति स्थायी अंशको रूपमा दिन्छु। तिम्रो परिवारका प्रत्येक शुद्ध व्याक्तिले त्यो खान सक्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “तीबाहेक यो पनि तेरै हो: इस्राएलीहरूले विशेष भेटीहरूको रूपमा उचालिनका लागि अलग गरिएका सबै थोक। म यसलाई तिमीहरूका नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यो खान सक्नेछ। Viz kapitola |