गन्ती 15:24 - नेपाली नयाँ संशोधित संस्करण24 र समुदायले थाहा नपाई त्यो काम अजानमा गरेको रहेछ भने, सारा समुदायले परमप्रभुलाई मन पर्ने मीठो बास्ना स्वरूप होमबलिको निम्ति एउटा बाछो, त्यसको अन्नबलि र अर्घ-बलिको साथमा विधिअनुसार चढ़ाओस्, र साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 र समाजमा अज्ञानताले यदि त्यो भुल भएको हो भने तिनीहरूले उचित अन्नबलि र मद्यबलिसित एउटा साँढे होमबलि चढाऊन्। तिनका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। त्यसमाथि तिनीहरूले एउटा बाख्राको पापबलि चढाऊन्। Viz kapitolaपवित्र बाइबल24 यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू। Viz kapitola |