गन्ती 11:16 - नेपाली नयाँ संशोधित संस्करण16 तब परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्मा गर्, जो मानिसहरूमा नायक र अधिकारीहरू छन् भन्ने तँलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले, र तिनीहरू त्यहाँ तेरो साथमा उभिऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभुले मोशालाई भन्नुभयो, “जनताका अगुवा भनी मानिएका सत्तरी जना आदरयोग्य मानिसहरूलाई भेला गर् र तिनीहरूलाई म बास गर्ने पवित्र पालमा मकहाँ ल्याएर आफ्नो छेउमा उभिन लगा। Viz kapitolaपवित्र बाइबल16 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यो सुनेपछि याहवेहले मोशालाई भन्नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्। Viz kapitola |