नहेम्याह 13:2 - नेपाली नयाँ संशोधित संस्करण2 किनभने उनीहरू रोटी र पानी लिएर इस्राएलीहरूसित भेट गर्न आएनन्, तर तिनीहरूलाई सराप दिन बालामलाई ज्यालामा बोलाएका थिए। तापनि हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मिश्रदेशबाट निस्की यात्रामा हिँडेका बेलामा अम्मोनी र मोआबीहरूले इस्राएलीहरूलाई केही खाना-पिना दिएका थिएनन्, त्यसका सट्टामा तिनीहरूले इस्राएलीहरूलाई सराप दिन बालामलाई ज्याला दिएका थिए। त्यही कारणले त्यसो लेखिएको थियो। तर हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल2 किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बालामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि तिनीहरूले इस्राएलीहरूलाई भोजन र पानी दिएनन्; तर तिनीहरूलाई श्राप दिन भनी बालामलाई रकम दिएर बोलाएका थिए। तरै पनि हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभयो। Viz kapitola |