नहूमको पुस्तक 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 घोड़चढ़ीहरूको हमला, झल्कने तरवार र चम्कने भाला। मारिएकाहरूको रास, मुर्दाहरूको ढेर, अनगिन्ती लाशहरू— लाशहरूमा मानिसहरू ठोकर खाँदैहिँड्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 घोडचढी सेनाहरूले हमला गर्दछन्, तरवारहरू झल्याक-झुलुक गर्छन्, भालाहरू टल्कन्छन्। असङ्ख्यक घाइते भएका छन् र लाशहरूको थुप्रो लागेको छ! ती लाशहरूको थुप्रोमा खुट्टा अल्झिएर मानिसहरू लड्दछन्! Viz kapitolaपवित्र बाइबल3 घोड-सवारले आक्रमण गरिरहेकाछन् र तिनीहरूका तरवारहरू चम्किरहेकाछन्, तिनीहरूको भालाहरू चम्किरहेकाछन्। त्यहाँ लाशको थुप्रो छ, अनगन्ती लाशहरू छरिएका छन्, मानिसहरू ती लाशहरूमा ठेस लागेर लरबराएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 युद्धका घोडचढीहरूको हमला, चम्किला तरवारहरू र टल्किने भालाहरू! मारिएका धेरै-धेरै छन्; लासहरूका रासमाथि रास, अनगन्ती मृत शरीरहरू, मानिसहरू लासहरूमा ठेस खाँदै हिँड्छन्— Viz kapitola |