मर्कूस 7:26 - नेपाली नयाँ संशोधित संस्करण26 त्यो सिरियाको फोनिकेमा जन्मेकी एउटी ग्रीक स्त्री थिई। त्यस स्त्रीले आफ्नी छोरीबाट भूत निकालिदेऊन् भनी उहाँलाई बिन्ती गरी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिनीचाहिँ सिरियाको फोनिके इलाकामा जन्मेका एउटी ग्रीक स्त्री थिइन्। अनि तिनले ‘मेरी छोरीबाट भूत निकालेर निको पारिदिनुहोस्’ भनेर येशूलाई बिन्ती गरिन्। Viz kapitolaपवित्र बाइबल26 त्यो आईमाई यहूदी थिनन्। ऊ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 ती स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिइन्। तिनले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिन बिन्ती गरिन्। Viz kapitola |