मर्कूस 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 अनि ठूलो सोरले चिच्च्याएर त्यसले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईंलाई बिन्ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 चिच्च्याउँदै भन्यो, “हे येशू, महान् परमेश्वरका पुत्र, तपाईंले मलाई के गर्न लाग्नुभएको? परमेश्वरको नाउँ लिएर म बिन्ती गर्छु, मलाई दु:ख नदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल7-8 येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइज।” अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!” Viz kapitola |