मर्कूस 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनकि त्यो धेरै पल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो, र पनि त्यसले साङ्लाहरू टुक्रा-टुक्रा पारी छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई वशमा पार्न सकेको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 धेरै चोटि उसलाई नेल र साङ्लाले बाँधेर राख्दा पनि उसले साङ्ला चुँडाई नेल भाँचेर भाग्ने गर्थ्यो। कसैले पनि उसलाई काबुमा राख्न सक्दैन थियो। Viz kapitolaपवित्र बाइबल4 धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्गलोले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्गलाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनभने धेरै पल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन। Viz kapitola |