मर्कूस 2:4 - नेपाली नयाँ संशोधित संस्करण4 भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्यो सुतेको खाटसमेत तल ओह्रालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मानिसहरूको घुइँचोले गर्दा तिनीहरूले बिरामीलाई भित्र येशूकहाँ पुर्याउन सकेनन्। त्यसो हुँदा येशू बस्नुभएको ठाउँको ठीक माथिको छानालाई तिनीहरूले उघारे र बिरामीलाई ओछ्यानसँगै ओराले। Viz kapitolaपवित्र बाइबल4 तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षघात रोगी सुतेको ओछ्यान् तलतिर झारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर भीडको कारणले गर्दा येशूसम्म पुर्याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले। Viz kapitola |