मर्कूस 2:14 - नेपाली नयाँ संशोधित संस्करण14 त्यसपछि जाँदैगर्दा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्नुभयो र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तिनी उठेर उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यहाँबाट जाँदैगर्दा उहाँले एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। तिनी अल्फायसका छोरा लेवी थिए। अनि येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” यो सुनेर लेवी उठेर येशूको पछि लागे। Viz kapitolaपवित्र बाइबल14 येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयासको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म सँग हिंड।” लेवी जुरूक्कै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे। Viz kapitola |