मर्कूस 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 त्यो उठ्यो, र तुरुन्तै खाट उठाएर सबैका सामुन्नेबाट गइहाल्यो। यहाँसम्म कि, सबै जना आश्चर्य-चकित भए, र “हामीले यस्तो त कहिल्यै देखेका छैनौं” भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सबैले हेर्दाहेर्दै त्यो मानिस जुरुक्क उठ्यो र ओछ्यान बोकेर हिंडिहाल्यो। मानिसहरू छक्क परे र परमेश्वरको प्रशंसा गर्दै भन्न लागे, “यस्तो त हामीले कहिल्यै पनि देखेका थिएनौं।” Viz kapitolaपवित्र बाइबल12 त्यो पक्षाघातको रोगी जुरूक्क उठ्यो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, “हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यो कुराले सबैलाई अचम्म तुल्यायो; अनि हरेकले यसो भन्दै परमेश्वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौँ!” Viz kapitola |