मर्कूस 14:72 - नेपाली नयाँ संशोधित संस्करण72 अनि तुरुन्तै दोस्रो पल्ट भाले बास्यो, र पत्रुसलाई येशूले यसो भन्नुभएको कुरा सम्झना भयो, “भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” अनि त्यस कुरालाई सम्झेर तिनी धुरुधुरु रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल72 त्यसो भन्नेबित्तिकै अर्को चोटि पनि भाले बासिहाल्यो र ‘भाले दुई पटक बास्नुभन्दा अघि तिमीले मलाई तीन पल्टसम्म चिन्दै चिन्दिनँ भन्नेछौ’ भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे अनि उनी धुरुधुरु रुन लागे। Viz kapitolaपवित्र बाइबल72 अनि तुरन्तै, दोस्रोपल्ट भाले बास्यो। त्यपछि पत्रुसलाई येशूले भन्नु भएको अघिका कुराहरू सम्झन थाले, “दुइपल्ट भाले बास्नु अघिसम्म तिमीले मलाई चिन्दिन भनेर तीनपल्ट भन्ने छौ।” पत्रुस त्यसपछि खुबै दुःखीत भए अनि रून लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण72 त्यतिखेरै भाले दोस्रो पल्ट बास्यो। तब पत्रुसले तिनलाई येशूले भन्नुभएको यो वचन सम्झे: “दुई पल्ट भाले बास्नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” अनि तिनी धुरुधुरु रोए। Viz kapitola |