मीकाको पुस्तक 2:13 - नेपाली नयाँ संशोधित संस्करण13 बाटो बनाउनुहुने तिनीहरूका अगि जानुहुनेछ। तिनीहरूले ढोका भत्काएर बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगाड़ि जानेछन्। परमप्रभु तिनीहरूका अगिअगि हुनुहुनेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमेश्वरले तिनीहरूका निम्ति बाटो खोलिदिनुहुन्छ र तिनीहरूलाई कैदबाट डोर्याएर फर्काइल्याउनुहुन्छ। तिनीहरूले सहरका ढोकाहरू फोरेर छुटकारा पाई बाहिर निस्कनेछन्। परमप्रभु तिनीहरूका राजा स्वयम् तिनीहरूका अघि-अघि जानुहुनेछ। Viz kapitolaपवित्र बाइबल13 तिनीहरू मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सक्नेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ, र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरू मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरूसँग जानेछन्। परमप्रभु मानिसहरूसँग हुनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।” Viz kapitola |