मत्ती 8:28 - नेपाली नयाँ संशोधित संस्करण28 जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुई जना मानिसहरूले चिहानबाट आउँदैगर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्दा थिए, कि कोही पनि त्यहाँबाट आउन-जान सक्दैनथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 येशू तालको पारिपट्टि गदरिनीहरूको मुलुकमा आइपुग्नुहुँदा चिहानका गुफाहरूबाट निस्केर आएका दुई जना भूत लागेका मानिसहरूले उहाँलाई भेटे। तिनीहरू त यतिसम्म डरलाग्दा भएका थिए कि त्यस बाटोबाट कोही पनि हिँड्दैनथे। Viz kapitolaपवित्र बाइबल28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो। Viz kapitola |