मत्ती 27:24 - नेपाली नयाँ संशोधित संस्करण24 तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 पिलातसलाई अब केही सीप नलाग्लाजस्तो भयो। अब त गोल-माल मच्चिएला भन्ने ठानेर उनले सबैको अगाडि हात धुँदै भने, “हेर, यी मानिसलाई मारेको दोष मलाई होइन, तर तिमीहरूलाई नै लागोस्।” Viz kapitolaपवित्र बाइबल24 अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन्-झन् जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।” Viz kapitola |