मत्ती 26:39 - नेपाली नयाँ संशोधित संस्करण39 अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी यसो भन्दै प्रार्थना गर्न लाग्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।” Viz kapitolaपवित्र बाइबल39 अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” Viz kapitola |