मत्ती 25:40 - नेपाली नयाँ संशोधित संस्करण40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तब सिंहासनमा बस्ने राजाले जवाफ दिएर भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्यौ, त्यो मलाई नै गरेका हौ।’ Viz kapitolaपवित्र बाइबल40 “तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँच्चो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’ Viz kapitola |