मत्ती 23:5 - नेपाली नयाँ संशोधित संस्करण5 “तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्। किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था-पत्री ठूला बनाउँछन्, र आफ्ना वस्त्रका झुम्काहरू लम्म्याउँछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरू सबै कुरा देखाउनको लागि मात्र गर्छन्। तिनीहरू आफ्ना निधार र नाडीका व्यवस्था-पत्री ठूलो-ठूलो बनाउँछन् र धर्मी हुँ भनी देखाउन आफ्नो लुगामा लामा-लामा झुम्का जोड्छन्। Viz kapitolaपवित्र बाइबल5 “तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लामा बनाउँछन्। Viz kapitola |