मत्ती 22:16 - नेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्यू, हामी जान्दछौं, तपाईं सत्य हुनुहुन्छ, र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ, र तपाईं कसैको भय मान्नुहुन्न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले आफ्ना केही चेलाहरूलाई हेरोद राजाका मानिसहरूसँगै येशूकहाँ पठाए। तिनीहरूले गएर उहाँलाई भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्नुहुन्छ भनी हामीलाई थाहा छ। मानिसहरूलाई सिकाउनुहुँदा तपाईंले साँचोसित परमेश्वरको बाटो देखाउनुहुन्छ। मानिसहरूले के भन्लान् भनेर तपाईंले वास्ता पनि गर्नुहुन्न। तपाईंले त कसैको मुख हेरेर कुरा गर्नुहुन्न! Viz kapitolaपवित्र बाइबल16 फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न। Viz kapitola |