मत्ती 21:16 - नेपाली नयाँ संशोधित संस्करण16 र तिनीहरूले उहाँलाई भने, “सुन्दैछौ, यिनीहरूले के भनिरहेका छन्?” तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले येशूलाई भने, “यी केटा-केटीहरूले के भनिरहेका छन्, तपाईंले सुन्नुहुन्न?” “सुन्दै छु, तर ‘हे प्रभु, केटा-केटी र बालकहरूलाई समेत तपाईंले प्रशंसा गर्न लगाउनुभएको छ’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा के तिमीहरूले पढेका छैनौ?” येशूले जवाफ दिनुभयो। Viz kapitolaपवित्र बाइबल16 मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?” येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?” येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ: “ ‘केटाकेटीहरू र शिशुहरूका ओठबाट प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ?’” Viz kapitola |