मत्ती 17:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिनी बोल्दाबोल्दै, चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो, र त्यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पत्रुसले यसरी कुरा गर्दागर्दै चहकिलो बादल आयो र त्यसको छायाँले उहाँहरूलाई ढाक्यो अनि बादलभित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्यारा पुत्र हुन्, यिनीसँग म धेरै खुसी छु। यिनले भनेको तिमीहरूले मान।” Viz kapitolaपवित्र बाइबल5 जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्न छु। यिनको कुरा सुन!” Viz kapitola |