मत्ती 16:23 - नेपाली नयाँ संशोधित संस्करण23 तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, “ए शैतान, मेरो सामुन्नेबाट हटिजा, तँ मेरो निम्ति बाधा होस्। किनभने तँ परमेश्वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “ए शैतान, मेरो पछि हट्। तँ मेरो बाटोमा ठेस लाग्ने ढुङ्गा राख्न खोज्छस्! तेरो यो विचार परमेश्वरबाटको होइन, तर मान्छेबाटको हो।” Viz kapitolaपवित्र बाइबल23 तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तैसोच्छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 येशूले फर्केर पत्रुसलाई भन्नुभयो, “ए शैतान, मबाट टाढा होइजा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।” Viz kapitola |